यस्तो रहेको छ आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

everest kitchen

काठमाडौ, चैत्र ज्१० । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३७ रूपैयाँ २६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ८६ पैसा कायम गरिएको छ ।
आज यूरोपियन युरो एकको खरिदमूल्य १४८ रूपैयाँ ८० पैसा र बिक्रीमूल्य १४९ रूपैयाँ ४५ पैसा तोकिएको छ ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७७ रूपैयाँ ६७ पैसा र बिक्रीदर १७८ रूपैयाँ ४५ कायम गरिएको छ ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ३६ पैसा र बिक्रीदर ८६ रूपैयाँ ७३ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९५ रूपैयाँ ७३ पैसा र बिक्रीमा ९६ रूपैयाँ १५ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ २१ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ २५ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ९४ पैसा तथा बिक्री दर १९ रूपैयाँ ०२ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ३८ पैसा तथा बिक्री दर ९ रुपैयाँ ४२ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ६५ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ८२ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ५९ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ७५ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार ३१ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३१ रूपैयाँ १८ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४४५ रूपैयाँ ४५ पैसा र बिक्रीदर ४४७ रूपैयाँ ३९ पैसा र बहराइन दिनार एकको खरिददर ३६४ रूपैयाँ १२ पैसा र बिक्रीदर ३६५ रूपैयाँ ७१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।