बिराटनर, ११ चैत। यसिमा महतले प्रेस चौतारीले दिएको प्रतिष्ठान ईन्चार्ज अस्विकार गरेकी छिन् ।
प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशनको क्रममा उनलाई प्रतिष्ठान ईन्चार्ज घोषणा गरिएको थियो।
घोषणा गरिएको १ घन्टा भित्रमा उनले सो पदमा नरहने घोषणा गरेकी हुन्।
`मेरो अनुमती विना मलाई प्रतिष्ठानको इञ्चार्ज घोषणा गरेकोमा मेरो आपत्तिसहित चौतारीको साधारण सदस्य मात्रै रहने जानकारी गराउॅदछु` उनले सामाजिक सञ्जालवाट जानकारी गराएकी छिन्।
निबर्तमान अध्यक्ष गणेश बस्नेतले महतलाई प्रदेश ईन्चार्ज भनेर घोषणा गरेका थिए। उनी बस्नेत नेतृत्वको जनता टाईम्स डट कमकी पनस सम्पादक हुन्।