एएफसी महिला कपमा नेपाल समुह ‘एफ’ मा

everest kitchen

काठमाडौं, १४ चैत । एएफसी महिला एसियन कप २०२६ छनोटको समूह अन्तर्गत नेपाल  ‘एफ’ मा परेको छ ।

एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार समूह ‘एफ’ मा नेपालसँगै उज्वेकिस्तान, लाओस र श्रीलंकासमेत परेका छन् ।

यो समूहका सबै खेल उज्वेकिस्तानमा हुनेछ । छनोटका खेलहरू जुन २३ देखि जुलाई ५ सम्म हुने जनाइएको छ ।

छनोट चरणमा ३४ टोली प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीलाई ८ समूहमा विभाजन गर्दा नेपाल समुह एफमा परेको हो ।

दुई समूहमा पाँच र ६ समूहमा चार टोली छन् । प्रत्येक समूहका विजेताले एसिया कपमा स्थान बनाउने छन् ।