काठमाडौं, १४ चैत । एकैदिन सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बृद्दी भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन १३ सय रूपैयाँ बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ८०० रुपैयाँ पुगेको छ ।
यसअघि छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
साथै, चाँदीको मूल्य पनि बढेको छ । आज तोलाको २ हजार २० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।