दक्षिण कोरियामा डढेलोमा परी २६ जनाको मृत्यु

everest kitchen

सियोल, १४ चैत । अग्नी नियन्त्रकहरू दक्षिण कोरियाको इतिहासमा सबैभन्दा ठूलो जङ्गलमा लागेको डढेलोबाट मानिसहरू र प्राचीन कलाकृतिहरूलाई बचाउने प्रयास गरिरहेका छन् ।

गत २१ मार्चबाट दक्षिण–पूर्वमा सुरु भएको आगलागीमा परी अहिलेसम्म कम्तीमा २६ जनाको ज्यान गएको छ भने दशौं हजार मानिसहरू विस्थापित भएका छन् । आगलागीमा परी मारिनेहरू अधिकांश ६० र ७० वर्षका उमेरका भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

प्रत्यक्षदर्शीहरूले सर्वनाशपूर्ण दृश्यहरू वर्णन गरिरहेकाका छन । अधिकारीहरूले मानव गतिविधिहरूले धेरै आगलागी सुरु भएको विश्वास गर्छन् र तिब्र हावाको गति र सुख्खा जमिनले आगलागीलाई छिटो फैलाउने काम गरिरहेको जनाएका छन ।

सो आगलागीमा परी युई सियोङ सहरको १३०० वर्ष पुरानो मन्दिर जलेको छ र अन्य सांस्कृतिक स्थलहरूलाई खतरामा पारेको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।