जडीबुटी कम्पनीमा राजावादीले लगाए आगो

everest kitchen

काठमाडौं – राजावादी समूहले काठमाडौंको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी गरेका छन्।

राजावादी समूहले तोडफोड र आगजनी गर्न सुरू गरेपछि कर्मचारीहरूले भागेर ज्यान जोगाएका छन्।

कम्पनीकी महाप्रबन्धक डा. संगीता यादवले दिउँसो साढे २ बजे बाहिरबाट ढुंगामुडा सुरू भएको बताइन्। त्यसपछि राजावादी समूहले कार्यालयमा आगो लगाएपछि भागेर ज्यान जोगाएको बताइन्।

राजधानी काठमाडौंमा राजावादीहरूको आन्दोलन उग्र बनेको छ। काठमाडौंको तीनकुने आसपासको क्षेत्रमा कर्फ्यू लगाइएको छ।