काठमाडौं, १९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बरिष्ठ नेता दिपक बोहोराको निधनले स्तब्ध भएको बताएका छन् ।
प्रतिनिधिसभा सदस्य बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षति भएको पनि लिङदेनले जनाएका छन् ।
‘राप्रपाका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य दिपक बोहराको निधनमा स्तब्ध र दुःखी भएको छु,’ उनले भनेका छन, ‘उहाँको निधनबाट राप्रपा र नेपाली राष्ट्रवादी आन्दोलनलाई गम्भीर क्षति पुगेको छ।’
दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो संवेदना व्यक्त गरेका लिङदेनले भने, ‘अल बिदा दिपक दाई, हामी सदैव सम्झनेछौं ।’