काठमाडौं, १९ चैत। उपप्रधान तथा सहकारी बिकास मन्त्री प्रकाशमान सिंहले कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गर्नु भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली थाईल्याण्ड भ्रमणमा गए पछि सिंहले सो जिम्मेवारी प्राप्त गरेका हुन् । राष्ट्रपति रामचन्द्र पाैडेलले उनकाे जिम्मेवारी ताेकेका हुन् ।
प्रधानमन्त्री ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरे पछि कार्यबहाककाे साे जिम्मेवारी उनकाे काँधमा परेकाे हाे ।
प्रधानमन्त्री आज दिउँसो १ बजे थाइल्याण्डको राजधानी बैंककतर्फ प्रस्थान गरिसकेका छन । कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो ।
प्रधानमन्त्री ओलीले नेपालीको निकट छिमेकी बाहेकका देशहरुको भ्रमणमा ‘गेट–वे’ को रुपमा रहेको बैंककमा अहिलेसम्म औपचारिक भ्रमण नभएको सन्दर्भमा यो भ्रमण आफैंमा महत्वपूर्ण भएको प्रधानमन्त्री ओलीले बताएका छन् ।
सो भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको र थाइल्याण्डका नरेश र समकक्षीसँग भेटवार्ता हुनेछ ।
भ्रमणका अवसरमा पर्यटन र संस्कृतिका सन्दर्भमा समझदारीपत्रमा हस्ताक्षर हुनेछ । दुबै देशका प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच ६ समझदारी पत्रमा हस्ताक्षर हुने जनाइएको छ । साथै, थाइल्याण्डका प्रतिष्ठित व्यावासायीहरुसँग छलफल गर्ने र एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्बोधन जानकारी दिए ।
प्रधानमन्त्री ओलीले बिस्टेक शिखर सम्मेलनलाई चैत २२ गते गर्ने छन । सम्बोधनलगत्तै बाँकी मुलुकका नेताहरुसँग सम्भव भएसम्म साइडलाइन वार्ता गर्ने जनाइएको छ