नेपाल तामाङ घेदुङ क्षेत्रीय कार्यसमिती जोहोर मलेसियाको अध्यक्षमा मंगल तामाङ निर्वाचित।

everest kitchen

क्वालालम्पुर : नेपाल तामाङ घेदुङ प्रवास शाखा क्षेत्रीय कार्यसमिति जोहोर मलेसियाको तेस्रो अधिवेशनबाट  अध्यक्षमा मंगल दोङ तामाङ सहित २१ सदस्य कार्यसमिति निर्विरोध  निर्वाचित भएको छ।

गैर आवासिय नेपाली संघ क्षेत्रीय कार्यसमिति जोहोर मलेसियाको सभाहलमा सम्पन्न अधिवेशनमा मंगल दोङ तामाङको सभाध्यक्षता र गैर आवासिय नेपाली संघ मलेसियाका अध्यक्ष राकेश प्रसाद महत्त्वको प्रमुख आतिथ्य र घेदुङ मलेसियाको अध्यक्ष बिक्रम वाईबा तामाङ्को बिशिस्ट आतिथ्य  सम्पन्न भएको हो।

त्यस्तै कार्यक्रममा घेदुङ मलेसिया पदाधिकारी लगायत दर्जनौं अतिथिगणको उपस्थितिमा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि महत्वले गैअर आवासीय संघ मलेसिया सबै संघ संस्था सँग एक आपासमा समन्वय गरेर सामाजिक कार्य श्रमिकको समस्य समाधान गर्न तयार रहेको बताए त्यस्तै मलेसियाको गैर आवासीय संघमा केही बिवाद देखिए पनि कुनै विवाद नभएको गैर आवासीयसंघ मलेसिया सबैको साझा घर भएकोले अनावश्यक हल्लाको पछि नलाग्न र गैर आवासीय नेपाली संघको अधिवेशन नजिकिदै आएकोले पञ्जिकृत सदस्य बन्न पनि अनुरोध गरेको छ।

त्यस्तै अधिवेशनबाट तपशिल अनुसार कार्यसमिति चयन भएका छन।
अध्यक्ष मंगल दोङ तामाङ
उपाध्यक्ष खेम राज बोम्जन तामाङ
महिला उपाध्यक्ष मनिषा स्याङ्तान
सचिव मान कुमार थिङ तामाङ
महिला सचिव सोफिया पाख्रीन तामाङ
सह सचिव प्रेम दोङ तामाङ
कोष अध्यक्ष शुलिल लोप्चन तामाङ
सह कोष अध्यक्ष अशिम तामाङ
सदस्यहरु
बिकास तामाङ, उश्ना माया बल तामाङ
सोनाम तामाङ, चिनी माया घलान तामाङ
देवान योञ्जन , भोज तामाङ
मिनु दोङ तामाङ , विशाल जिम्बा तामाङ
बिजय तामाङ , सञ्जय स्याङ्तान तामाङ
जित बहादुर मोक्तान , सर्स्वती कुमारी तामाङ, राम बहादुर तामाङ