कटुवा पेस्तोल तथा अवैध लागूऔषध गाँजासहित एक पक्राउ

everest kitchen

रौतहट, २६ चैत । ईशनाथ नगरपालिका–१ बन्जरहा झुलुङगे पुलबाट कटुवा पेस्तोल १ थान, गोली ३ राउण्ड र अवैध लागूऔषध गाँजा करिब ८० किलोग्राम सहित एकजना पक्राउ परेका छन् ।

गौर नगरपालिका–४ टिकुलिया बस्ने २१ वर्षीय सावन गिरीलाई गए राति प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल र गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।