इरानकाे कोइला खानीमा ३ अफगानीसहित ७ को मृत्यु

everest kitchen

तेहरान, २७ चैत । उत्तरी इरानको एक कोइला खानीमा ग्यास चुहावटका कारण त्यहाँ काम गर्ने ७ कामदारको मृत्यु भएको छ ।

 

सरकारी समाचार एजेन्सी इरनाका अनुसार सो दुर्घटनामा परी मृत्यु भएका मध्ये ३ जना कामदार अफगानिस्तानको रहेका छन् । समाचार अनुसार राजधानी तेहरानबाट करिब २७० किलोमिटर उत्तरपश्चिममा रहेको दमघान सहर नजिक उक्त दुर्घटना भएको हो ।

 

राष्ट्रपति मसुद पेजेस्कियानले छानबिन गर्न आदेश दिएका छन्। समाचारमा भनिएको छ कि पहिलो नजरमा यो खानीमा सुरक्षा उपायहरूलाई बेवास्ता गरिएको देखिन्छ।

 

इरानमा हरेक वर्ष औद्योगिक दुर्घटनामा करिब ७ सय कामदारको मृत्यु हुने गरेको छ । गत हप्ता पनि उत्तरपश्चिम इरानमा फलाम खानी भत्किँदा त्यहाँ काम गर्ने एक कामदारको मृत्यु भएको थियो।

सेप्टेम्बरमा पनि पूर्वी इरानको कोइला खानीमा विस्फोट हुँदा दर्जनौं कामदारको मृत्यु भएको थियो।