संसद सचिवालयले भन्यो, ‘प्रतिनिधिसभाको एक स्थान रिक्त’

everest kitchen

काठमाडौं, ३० चैत । प्रतिनिधि सभामा एक स्थान रिक्त हुन पुगेको छ।

संघीय संसद सचिवालयले सूचना निकालेर प्रतिनिधि सभामा एक स्थान रिक्त हुन पुगेको जानकारी दिएको हो। सचिवालयका अनुसार रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनपछि एक स्थान रिक्त भएको हो ।

संघीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले सूचना निकालेर नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान रिक्त हुन आएको उल्लेख गरेका छन् ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१५ को उपनियम २ मा प्रतिनिधि सभामा स्थान रिक्त भएको अवस्थामा सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था छ । त्यसअनुसार संघीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले सूचना प्रकाशित गरेका हुन् ।

बोहराको यही चैत १९ गते निधन भएको थियो ।