काठमाडौं – प्रहरीले भ्रष्टाचार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सप्तरी रुपनी गाउँपालिका-१ का पिताम्बर यादव रहेका छन्।
उनलाई सप्तरी प्रहरीले शुक्रबार पक्राउ गरी आफ्नो हिरासतमा राखेको हो।
सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार यादवलाई सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।
फैसला कार्यान्वयनको सिलसिलामा प्रहरीले यादवलाई पक्राउ गरी हिरासत राखेको र आइतबार कारागार पठाउने व्यवस्था मिलाइने बस्नेतले बताए।