श्रीमती बलात्कार गरेको अभियोग लागेका न्यायधिसले पाए सफाई

everest kitchen

काठमाडौं, ३१ चैत ।आफ्नै श्रीमतीले बलात्कार लगायतका मुद्धा दायर गरेपछि थुनामा पुगेका एक न्यायाधीशलाई उच्च अदालत पाटनले अभियोग दावीबाट सफाई दिएको छ ।

 

काठमाण्डौ जिल्ला अदालतले अभियोग ठहर गरेर थुनामा पठाएको न्यायाधीश गिरीलाई उच्च अदालत पाटनले आज सफाई दिएको हो ।

 

न्यायाधीशहरु लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको ईजलाशले गिरीलाई सफाई दिएको अधिवक्ता बासु ज्ञवालीले जानकारी दिए ।

 

कपिलबस्तु जिल्ला न्यायधीश भएकै बेला पक्राउ परेका गिरीलाई श्रीमतीले बैवाहिक बलात्कारदेखि बिभिन्न आरोप लगाएकी थिईन् । ईजालासमै बिष सेवन गर्ने देखि ईजलास प्रभाव पार्न अनेक हर्कत गर्ने उनकी श्रीमतीले ईगो साँधेको मुद्दामा जिकिर गरिएको थियो ।