काठमाडौं, १ बैशाख । आमिर खान भर्खरै नयाँ प्रेमिका गौरी स्प्रेटसँग पहिलो पटक सार्वजनिक रूपमा देखा परेका छन्।
दुवै मकाउ इन्टरनेशनल कमेडी फिल्म फेस्टिभलमा सँगै पुगेका थिए । यस क्रममा आमिर आफ्नी प्रेमिकाको हात समातेको देखिएको थियो ।
आमिर खान कालो अजकान र कालो सुनौलोको सल लगाएर फिल्म फेस्टिभलको हिस्सा बनेका छन् । कार्यक्रममा उनकी प्रेमिका गौरी स्प्रेट फ्लोरल साडीमा पुगेकी थिइन् । सार्वजनिक भएको भिडियोमा आमिर खानले रेड कार्पेटमा जम्मा भएका मानिसहरूसँग पोज दिनुअघि आफ्नी प्रेमिकातर्फ हात फैलाएको देख्न सकिन्छ ।
गौरीले आमिरको हात समातिन् र दुवैले पापाराजीको लागि उत्कृष्ट पोज दिए । पापाराजीको लागि पोज दिंदा आमिर खानले पुरै समय गौरीको हात समातेका थिए। उता गौरीले आमिरलाई निरन्तर हेरिरहेकी थिइन् ।
मकाउ इन्टरनेशनल कमेडी फिल्म फेस्टिभल हालै चीनको मकाउमा आयोजना गरिएको थियो, जहाँ आमिर खानलाई ‘मास्टर ह्युमर अवार्ड’ बाट सम्मानित गरिएको थियो ।
गत मार्च १४ मा आमिर खानले मिडियासँग आफ्नो ६० औं जन्मदिन मनाएका थिए । यसै क्रममा उनले गौरीलाई मिडियासँग परिचय गराए र उनीसँगको सम्बन्धलाई आधिकारिकको रूपमा घोषणा गरे । तर, त्यस समयमा आमिरले मिडियालाई गौरीको तस्विर क्लिक नगर्न आग्रह गरेका थिए । र, आमिरले १२ मार्चमा आफ्नो घरमा प्रि बर्थडे पार्टी आयोजना गरेका थिए, जहाँ उनले गौरीलाई सलमान खान र शाहरुख खानसँग पनि परिचय गराएको बताएका थिए ।
खासमा बैंगलोरकी गौरी स्प्रेटले आमिर खानको प्रोडक्सनमा काम गर्छिन् र सैलुन व्यवसाय पनि चलाउँछिन्। उनी र आमिर विगत २५ वर्षदेखि एकअर्कालाई चिन्दै आएका थिए तर डेढ वर्षअघि अभिनेताका काकाले उनीहरुलाई गहिरो परिचय गराएपछि उनीहरुको निकटता बढेको थियो । गौरी स्प्रेटको पहिलो विवाहबाट ६ वर्षको छोरा पनि छ, हाल उनी सिंगल जीवन बिताइरहेकी थिइन् ।