क्योतो,जापान । जापानको कान्साई क्षेत्र अन्तर्गत रहेको ओशाकामा पहिलोपटक “नेपाल फेस्टिवेलको आयोजना हुदैछ । नेपाली राजदुतावास जापान, गैरआवासीय नेपाली संघ क्षेत्रीय समिति कान्साई र विभिन्न नेपाली संघ-संस्थाहरुको सह-आयोजनामा यहीँ अप्रिल २६ र २७ मा जापानको ओशाका स्थित फुलाली क्योबाशीमा “प्रथम नेपाल फेस्टवल कान्साई २०२५” हुने लागेको हो ।
नेपाल र जापानको सांस्कृतिक आदानप्रदान र पर्यटन प्रबर्द्धनको उद्देश्य राखेर गर्न लागिएको उक्त महोत्सवमा जापान लगायत अन्यदेशका नागरिकलाई पनि आमन्त्रण गरिएको आयोजकले जनाएको छ । बिहिवार जापानको ओशाकामा केही नेपाली समुदायबीच आयोजना गरिएको एक अन्तरक्रिया कार्यक्रमको क्रममा दुईदिनसम्म चल्ने उक्त महोत्सवमा करिब २० हजारभन्दा बढीको सहभागी रहने आयोजकले उल्लेख गरेको छ ।
आयोजकका अनुसार महोत्सव सञ्चालनमा करिब एक करोड जापानीज येन खर्च हुनेछ भने विभिन्न प्रायोजकहरु बढ्दै गईरहेकोले थप आम्दानी पनि हुनेछ ।
महोत्सवमा करिब एकसय स्वयंसेवकले सेवकीय भूमिका निभाउने उल्लेख गर्दै जापानको नियम कानुन तथा संस्कार अनुसार अनुशासीत तथा संयमित भएर प्रस्तुत हुन सबै नेपालीमा आयोजकले आग्रह समेत गरेको छ ।
महोत्सव व्यवस्थापनको लागि मूल आयोजक कमिटी संयोजक एनआरएन जापानका उपाध्यक्ष कृष्ण गैरेले गरिरहेका छन् । त्यस्तै अन्य विभिन्न ११ वटा उपसमिति गठन गरेर जिम्मेवारी बाँडफाँडसमेत गरिएको छ ।
त्यस्तै, महोत्सवमा विभिन्न नेपाली भेषभुषा, हस्तकला, खानाका परिकारहरु, परामर्श केन्द्र, कला-साहित्य लगायतका आकर्षणहरु रहेने बताएको छ । महोत्सवको प्रचारप्रसार गर्नको लागि आयोजकले सामाजिक सञ्जालमा व्यक्तिगत ट्याम्पेलेट प्रचारप्रसारलाई मुख्य प्रचार सामाग्री बनाएको छ भने नेपाली रेष्टुरेन्ट, पसलहरु र जापानको एक रेल्वे कम्पनीमा समेत पोस्टर टाँसेर प्रचारप्रसार गरिरहेको छ ।
यसअघि पनि जापानको फुकुकामा नेपाल फेस्टिवल आयोजना गरिएको थियो । एनआरएनए जापानले फेस्टिवलबाट प्राप्त आम्दानीलाई “नेपाली घर” बनाउनको लागि खर्च गर्नेसमेत बताएको छ ।