क्वालालम्पुर, मलेसियामा सधैंको बर्षझैं यस बर्ष पनि २५६९ औं बुद्ध जयन्ती क्वालालम्पुरको ब्रिकफिल्ड स्थित कान्डियान हलमा १२ मे २०२५ मा मनाउने भएको छ।
नेपाली राजदुतावासमा रोहबरमा मनाईने बुद्ध जयन्ती कार्यक्रमको लागि नेपाली राज दूतावास र मलेसियामा रहेक संघ संस्थाहरुको संयुक्त भेला बाट बुद्ध जयन्ती मनाउने निर्णय गरेको हो।
भेलाले कार्यक्रम सफल बनाउनको लागि कार्यक्रम संयोजक बिनोद थापा, उपसंयोजक टिकाराम अधिकारी, कार्यक्रम ब्यबस्थापन संयोजक बिपिन राई, आर्थिक संयोजक नेत्र केसि, पुजा ब्यबस्थापन नेपाल तामाङ घेदुङ मलेसिया र शेर्पा संघ मलेसिया, स्वयंसेवक संयोजक खेमराज खत्री र प्रचार प्रसार संयोजकमा अन्य सबै संस्थाहरुलाई राखिएको छ।
त्यस्तै सोही कार्यक्रमको अवसरमा मलेसियामा रहेको विभिन्न मुलुकका दूतावासको राजदुत, मलेसियामा रहेको विभिन्न ब्यबसायीहरुको उपस्थितिमा मनाईने र मलेसियामा रहेको नेपाली दाजुभाइ दिदिबहिनिहरुलाई उपस्थितिमा कार्यक्रम हुन आमन्त्रण गरिएको नेपाली दूतावासका एक अधिकारीले जानकारी गराए ।