इन्दीप कोइराला,
बारा, ८ बैशाख । बाराको कलैया उपमहानगरपालिका- १४ बघवन घर भएका एक युवाले आत्महत्या गरेका छन् ।
श्याम प्रसाद महत्तोका २२ बर्षिय छोरा नितेश कुमार महत्तोले आफुलाई साथीहरुले यातना दिएको भन्दै आत्महत्या गरेका हुन ।
उनले आफ्नै घरमा पासो लगाई आत्महत्या गरेको बारा प्रहरीले जनाएको छ । उनको शव अहिले पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ ।
पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र घटनाको विषयमा थप केही भन्न सकिने प्रहरीले बताएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा कलेजका साथीले मानसिक यातना दिँदा आत्महत्या गरेको देखिएको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी दिए ।
आत्महत्या गर्नुपूर्व महत्तोले सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरी कलेजका साथीले मानसिक दावाव दिएको भन्दै आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका छन । घटनामबारे थप अनुसान भइरहेको बारा प्रहरीले जनाएको छ ।