रेड २ मा रितेश देशमुख हुनेछन् खलनायकको भुमिकामा

everest kitchen

मुम्बई, ९ बैशाख । अजय देवगन आगामी फिल्म ‘रेड २’का लागि लिएर चर्चामा रहेका छन् ।

सो फिल्मको ट्रेलरले उनका फ्यानहरुमा उत्साह निकै बढाएको छ । यसमा तमन्ना भाटिया र वाणी कपूर मुख्य भूमिकामा छन् भने रितेश देशमुख खलनायकको भूमिकामा देखिने भएका छन् । चलचित्रलाई राजकुमार गुप्ताले निर्देशन गर्दैछन् ।

हालै फिल्मका निर्देशक राजकुमार गुप्ताले फिल्मको कलाकारको बारेमा खुलेर कुरा गर्दै सबैले तारिफ गरेका छन् । उनले खलनायकको भूमिकाका लागि रितेशलाई किन रोजे भन्ने पनि बताएका छन् । ‘रेड २’ का लागि रितेश देशमुखलाई कास्ट गर्ने बारे निर्देशकले भने, ‘मलाई रितेशको काम सधैं मन पर्छ। हामी सबैलाई थाहा छ, चाहे त्यो हाँस्य भूमिका होस् वा खलनायकको भूमिका होस्, उनले सबै पात्रलाई उत्कृष्ट रूपमा निभाएका छन् । उनी वास्तवमा एक महान कलाकार हुन । गत वर्ष मैले उनीसँग एउटा शृङ्खलामा काम गरेँ, जसमा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यसपछि मैले उनीसँग फेरि एकपटक काम गर्ने निर्णय गरे ।’

उनले अगाडी भने,  ‘रेड २ को स्क्रिप्ट तयार भएपछि मैले उनलाई भेटेर स्क्रिप्ट सुनाएँ । उनलाई धेरै मन पर्यो, खलनायकको भूमिका मन पर्यो र यसरी उनी फिल्ममा जोडिए । उनी फिल्मको हिस्सा बनेकोमा म निकै खुसी छु।’

उल्लेखनीय छ कि सन् २०१८ मा रिलिज भएको फिल्म ‘रेड’ बक्स अफिसमा सुपरहिट भएको थियो । फिल्मले पाएको राम्रो प्रतिक्रिया देखेर यसको सिक्वेलको काम सुरु गरिएको हो । सिक्वेलमा अजय देवगन ‘अमेय पटनायक’को भूमिकामा देखिने छन् । जसमा रितेश देशमुख राजनीतिज्ञको भूमिकामा छन् । ‘रेड–२’ लाई भूषण कुमार, कुमार मंगत पाठक, अभिषेक पाठक र कृष्ण कुमारले निर्माण गरेका हुन् । चलचित्रलाई गुलशन कुमार र टी–सिरिजले प्रस्तुत गरेको हो ।  यो मे १ मा हलमा रिलिज हुँदैछ ।