काठमाडौं, ९ बैशाख । नेप्से आज पनि ओरालो लागेको छ ।
साताको तेस्रो दिन नेप्से ९.९६ अंकले घटेर २६८८.३२ विन्दुमा रोकिएको छ ।
कारोबारमा आएका ३१९ कम्पनीको २ करोड २५ लाख ५५ हजार कित्ता शेयर खरिद बिक्री हुदाँ ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
जसअनुसार १३ उप समूह मध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ ।