क्वालालम्पुर । किरात राई यायोक्खा मलेसियाले साल्पा सिलिचुङ संरक्षणको लागि नेपाली रुपैयाँ रु २० हजार आर्थिक सहयोग गरेको छ।
किराँत धर्मलम्बिहरुको पवित्र धार्मिक,सांस्कृतिक मुन्दुम सुम्निमा पारुहाङ्को सृष्टि उत्पती तथा मुन्दुमको उत्पत्ति केन्द्र रहेको मुन्दुमी स्थल साल्पा सिलिचुङ संरखणको लागि यायोक्खा मलेसियाबाट आर्थिक सहयोग गरेको सचिव यज्ञ कुमार राईले बताउनु भयो।
यो संरक्षण अभियान अहिले वृहत् रुपमा चल्दै आएको हुँदा सहयोग गरि संक्षणमा सहयोग पुर्याउन यायोक्खा मलेसियाले अपिल पनि गरेका छन।