महिला कबड्डी श्रृंखलामा नेपालको तेश्रो जित

everest kitchen

काठमाडौां । नेपाल र बंगलादेशबीच जारी ५ खेलको महिला कबड्डी श्रृंखलामा बिहीबार नेपालले तेश्रो जित हात पारेको छ । ४ खेलको समाप्तिमा नेपाल ३–१ ले अगाडि छ ।

सातदोबाटोस्थित तेक्वान्दो हलमा भइरहेको श्रृंखलाको चौथो खेलमा नेपालले बंगलादेशलाई २१–१७ अंकले पराजित ग¥यो । बंगलादेशले तेश्रो खेल जितेको थियो ।

नेपालकी मानमति विस्ट ‘प्लेयर अफ म्याच’ बनिन् । उनले ८ अंक जोडिन् । पाँचौं तथा अन्तिम खेल शुक्रबार हुने आयोजक अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् ।