काठमाडौं, १२ बैशाख । बेंगलुरुले राजस्थानलाई ११ रनले हराएपछि आरसीबीले यो सिजन पहिलो पटक घरेलु मैदानमा जित हासिल गरेको छ ।
छैटौं जितसँगै आरसीबी अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ । विराट कोहलीले ७० रन, पडिक्कलले ५० रनको इनिङ खेलेका थिए भने बलिङमा ह्याजलउडले ४ विकेट लिए ।
आइपीएल को ४२ औं लिग खेल रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्स बीच बैंगलोरको एम. चिन्नास्वामी स्टेडियममा खेलिएको थियो। यस खेलमा आरसीबीको टोलीले पहिले ब्याटिङ गर्दै २०५ रन बनाएको थियो ।
जवाफमा राजस्थानको टोलीले ९ विकेट गुमाएर १९४ रन मात्रै बनाउन सकेको थियो । योसँगै आरसीबीले खेल ११ रनले जित हासिल गरेको हो ।
२०६ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले राम्रो सुरुवात गरेको थियो । वैभव र यशस्विले ४.२ ओभरमा ५२ रन जोडेका थिए । भुवनेश्वर कुमारले यो खतरनाक साझेदारी तोडेका थिए । उनले वैभवलाइ १६ रनमा आउट गरे।
यसपछि यशस्वी पनि १९ बलमा ४९ रन बनाएर आउट भए । हेजलवुडले उनलाई आफ्नो शिकार बनाए। दुई विकेट खसेपछि पराग र राणाले इनिङ्सको जिम्मा लिएका थिए । यस अवधिमा परागले तीव्र गतिमा रन बनाए ।
उनले १० बलमा २२ रन बनाए । उनलाई पाण्ड्याले आउट गरेका थिए । उनी आउट भएपछि ध्रुव जुरेलले आफ्नो इनिङ्सलाई सम्हालेका थिए । तर, हेटमायरले खास केही गर्न सकेनन् र ८ बलमा ११ रन बनाएर आउट भए ।
५ विकेट खसेपछि शुभम दुबे र जुरेलले राजस्थानलाई जितको नजिक पुर्याएका थिए । तर ध्रुव ४७ रन बनाएर आउट भए । उनको आउट भएपछि शुभम दुबेले पनि खास केही गर्न सकेनन् र आरसीबीले खेल ११ रनले जित्न सफल भयो ।