क्वालालम्पुर । मलेसियन सरकार नेपाली कामदाहरुको लागि विभिन्न क्षेत्रमा रोजगारी खुला गरेको छ ।
नेपाली राजदूतावात मलेसियाका अनुसार मलेसियन सरकारले सर्भिस सेक्टर अन्तर्गत थोक र खुद्रा, जग्गा भण्डारण, सुरक्षा गार्ड, नाई, सुनार, कपडा र पर्यटन क्षेत्रमा रोजगार खोलेको छ ।
त्यस्तै कृषि सेक्टर अन्तर्गत जलचर माछापालन र पशुधन क्षेत्रमा रोजगार खुलेको हो ।
यसअघि मलेसियन सरकारले नेपालबाट सुरक्षा गार्ड र प्लान्टेसन क्षेत्रमा नेपालबाट कामदार लिदै आएको थियो ।