नेपाली राजदूतावास मलेसियाले जोहोर राज्यमा घुम्ती कन्सुलर सेवा संचालन गर्ने

everest kitchen

क्वालालम्पुर । नेपाली राजदूतावास क्वालालम्पुरले मलेसियाको जोहोर राज्यमा २ दिने घुम्ती कन्सुलर सेवा संचालन गर्ने भएको छ । दूतावासले आज (शुक्रवार) एक विज्ञप्ती जारी गर्दै घुम्ती कन्सुलर सेवाको बारेमा जानकारी दिएको हो । दूतावास अनुसार घुम्ती कन्सुलर सेवा २०८२ वैशाख २० र २१ गते तदनुसार २०२५ मे ३ र ४ मा हुने भएको छ ।

घुम्ती कन्सुलर सेवा अन्तर्गत मलेसियाको जोहोर राज्यमा रहेका नेपालीहरुले राहदानी नविकरण लगायतका अन्य कन्सुलर सेवा प्राप्त गर्न सक्ने दूतावासले जनाएको छ ।