काठमाडौं, १२ बैशाख । शुक्रबार भने सुनको मूल्य १ हजार रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ हजार मुल्य घटेर १ लाख ८९ लाख ६ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
बिहीबार छापावाल सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलामा २ हजार १० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले घट्दै २ हजारमा खरिदबिक्री भइरहेको छ ।