विक्रम र विकेश चीन प्रस्थान

everest kitchen

काठमाडौं, बैशाख १३ गते । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायकद्वय विक्रम खड्गी र विकेश विडारी शनिबार चीनको वुसी प्रस्थान गरेका  छन् ।

दुवैले अप्रिल २९ देखि ३० तारिखसम्म हुने १३ औं एसियाली क्लब तेक्वान्दो च्याम्पियनसिप (डब्लुटी जि १) मा निर्णायकको भूमिका निर्वाह गर्ने छन् । विक्रम र विकेश काठमाडौं जिल्ला तेक्वान्दो संघका क्रमशः अध्यक्ष र उपाध्यक्ष पनि हुन् ।

उनीहरुलाई एसियन तेक्वान्दो युनियन रेफ्री कमिटीले मनोनयन गरेको बताइएको छ । यसै प्रतियोगितामा नेपालबाट पनि २ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकसहित खेलाडी चीनमै छन् ।