काठमाडौं — युएईमा चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा २२६ जना नेपाली आप्रवासी श्रमिकको मृत्यु भएको छ। युएईस्थित नेपाली दूतावासले सार्वजनिक गरेको तथ्यांकअनुसार, औसत महिनामा २५ जना नेपालीले ज्यान गुमाएका छन्।
गत आर्थिक वर्ष २०८०/८१ को तुलनामा यो संख्या निकै बढेको हो। अघिल्लो वर्ष महिनाको औसत १९ जना थिए। साउनदेखि चैतसम्म क्रमशः ३०, ३२, ३३, ३५, २४, १३, २५, १७ र १७ नेपाली श्रमिकले ज्यान गुमाएका छन्।
विदेशमा नेपाली युवाको मृत्यु दर बढिरहँदा पनि सरकार सुरक्षा र अभिमुखीकरण तालिमप्रति उदासीन देखिएको छ। सडक दुर्घटना, कार्यक्षेत्र दुर्घटना र स्वास्थ्य समस्याका कारण उनीहरूले ज्यान गुमाइरहेका छन्।
विदेश जाने युवाका लागि आधारभूत सुरक्षाको व्यवस्था र चेतनामूलक तालिम अनिवार्य गरिनुपर्ने माग विशेषज्ञहरूले उठाएका छन्।