महोत्तरी, १४ बैशाख । श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले संसारमा आतंकवादीको अन्त्य हुनु आवश्यक रहेको बताएका छन् ।
महोत्तरीको गौशालामा आयोजित एक कार्यक्रमकाबीच भारतमा भएको आतंकवादी हमालामा परि ज्यान गुमाएका १ नेपालीसहित २४ जना नागरिकप्रति श्रद्धा सुमन अर्पण गर्दै घटनामा संलग्नलाई कडाकारवाही गर्नका लागि भारतीय सरकारसँग आग्रह गरेका छन् ।
यस कार्यमा धर्म, वर्ग, लिगं, समुदाय नभनिकन एकताको सुत्र कायम राख्दै आतंकवादीबाट विश्वलाई बचाउनका निम्ति हरेक सुमदायसँग आग्रह गरेका छन् । खासगरि भारत सरकारसँग सहकार्य गरी नेपाललाई अगाडि बढनुपर्नेमा उनले जोड दिएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता समेत रहेका मन्त्री भण्डारीले मधेश आन्दोलनभन्दा संसारमा अन्य कुर्नै आन्दोलन ठुलो नभएको दावी गरेका छन् । २०७२ सालमा लगातार नौ महिनासम्म मधेशको हक अधिकारको निम्ति मधेशीहरुले आन्दोलन भएको उनले स्मरण गराएका छन् ।
उनले थपे, हामीले धर्म, कर्म र कर्तव्य विर्सिदा सहिदले देखेको सपना पुरा हुन सकेन् । ती सहिदहरुको सपना अनि मधेश आन्दोलनको अधुरा कार्यहरु पुरा गर्नका निम्ति एक मात्र लोकतान्त्रिक सजमाजवादी पार्टी मात्र रहेको छ । पार्टीले मिसन ८४ को लागि जनस्तरबाटै अभियान सुचारु हुनेछ । कसैसँग सहकार्य नगरिकन चुनावमा पार्टीले एक्लै चु्नावमा भाग लिनेछ । जसका लागि पार्टीलाई मजवुत बनाउनुको विकल्प छैन् ।
चुनावको समयमा मधेशको नाम भजाएर मत माग्ने नेताहरु मधेशको हकहितको सवालमा व्यक्तिगत स्वार्थका कारण मत भजाउने कार्य गरेको आरोप लगाएका छन् ।
हरेक बर्ष ५ लाख नागरिक संसारको श्रम वजारमा विक्री भईरहेका छन् । हामी चाहन्छौ हरेक नेपाली नागरिकलाई विश्वको श्रम वजारमा पुर्याउनका लागि सहयोग गरो । विदिशिने युवालाई वैंकबाट सहज अनि सुलभ रुपमा ऋणको वन्दोवस्त, श्रम सम्झौतामा सहजता अनि काम सम्बन्धि हरेक जानकारी सुक्ष्म अनि सुलभ रुपमा वुझाउनका लागि स्थानिय पालिकामा व्यवस्थापन गर्नका लागि सरकार लागि परेको मन्त्री भण्डारीले जानकारी दिएका छन् ।
अव रोजगार सुचना केन्द्रलाई अझ व्यवस्थित बनाई देश विदेशको रोजगारको सुचना सहज रुपमा नागरिक ऐपमार्फत सार्वजानिक गरिने तयारीमा मन्त्रालय लागेको भण्डारीले बताएका छन् । अबको केही महिना भित्रमा यसको शुरुवात हुने धारणा राखेका छन् ।