अमेरिकामा सन्तोषलाई अन्तर्राष्ट्रिय करातेमा रजत

everest kitchen

काठमाडौं, वैशाख १५– नेपालका सन्तोष राईले अमेरिकामा भएको हिराल्डो काई अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा रजत पदक जितेका छन् ।

अमेरिकाको न्युयोर्कस्थित कोरोनामा सम्पन्न च्याम्पियनसिपमा सन्तोषले सिनियर एकल कातातर्पm रजत पदक जितेका हुन् । यस वर्ष उनको यो पहिलो पदक पनि हो । गत वर्ष पनि सन्तोषले इङ्ल्यान्डमा सम्पन्न इङ्ल्यान्ड कराते फेडेरेसन ओपन कराते सिरिजमा रजत जितेका थिए । यस वर्षको सुरुआतमा पनि सन्तोषले आफ्नो पहिलो अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा पनि पदक जिते । इलङ्कोर सेन्टरमा सम्पन्न च्याम्पियनसिपमा सन्तोषले कातामा यो सफलता पाएका हुन् । फाइनलमा अमेरिकाका कर्नाडोसँग पराजित भएपछि सन्तोष यसपल्ट पनि रजक पदकमा नै सीमित भए ।

सन्तोषले यस वर्ष सहभागी भएको पहिलो अन्तर्राष्ट्रिय च्याम्पियनसिपमै पदक जित्न पाउँदा उत्साहित रहेको र यो सफलतालाई निरन्तरता दिने प्रयास गर्ने बताएका छन् । ‘गत वर्ष एउटा मात्र अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा पदक जितेको थिएँ । यस वर्ष पनि पहिलो सहभागितामा नै पदक जित्दा धेरै उत्साहित छु,’पदक जितेपछि सन्तोषले भने । त्यसअघि भने उनले सेमिफाइनलमा बेल्घिमी करिमलाई हराउँदै फाइनलमा स्थान बनाएको प्रशिक्षक सुनिल लामाले जानकारी दिए । क्वार्टरफाइनलमा पनि सन्तोषले पाब्लिनिया गेरोमीलाई हराएका थिए । यसै च्याम्पियनसिपमा उनी फाइटतर्पm भने सेमिफाइनलमा पराजित भएका थिए ।

उनले लास भेगासमा सम्पन्न युएस ओपनमा पनि प्रतिस्पर्धा गरेका थिए । त्यहाँ उनी क्वार्टरफाइनलमा इजिप्टका खेलाडीसँग ४–४ अंक भए पनि सेन्सुका आधारमा पराजित भएका थिए । सन्तोष इचङ्गु डोजाका प्रमुख हुन् । उनको डोजोले आइतबार नै सम्पन्न शेरबहादुर राष्ट्रिय कराते प्रतियोगितामा समान दुई स्वर्ण र रजत जितेका थियो । यो च्याम्पियनसिपमा उनकै खेलाडी साइमन श्रेष्ठ उदीयमान खेलाडीसमेत भएका थिए ।