समृद्धि र जेनी क्वाटरफाइनलमा

everest kitchen

काठमाडौं, १५ बैशाख । समृद्धि महर्जन र जेनी खड्का ११ औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको महिला सिंगल्समा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा समृद्धिले श्रेया भट्टराईलाई ६–३, ०–६ र ६–४ को सेटमा पराजित गरिन् । जेनीले यि ओयाङबाट वाक ओभर पाइन् । सोही स्पर्धामा कर्मिस्था नुगाह श्रेष्ठले प्रशंसा मोक्तानलाई ७–६ र ६–१, आइशा डोल्कर गुरुङले म्यान्डी जियाङलाई ६–० र ६–१ तथा स्वस्तिका विष्टले प्राज्ना मानन्धरलाई ६–२ र ७–५ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

पुरुष सिंगल्समा आरभसम्राट हाडाले मनोज महर्जनलाई ६–० र ६–०, सन्देश अधिकारीले इरफान उद्दिनलाई ६–० र ६–० तथा दर्शिल श्रेष्ठलाई ३–६, ६–१ र ६–२ ले पाखा लगाए । प्रणव खनालले विपुलविभोर अधिकारीबाट वाकओभर पाए ।
सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा नवीन श्रेष्ठ, गगन महर्जन, भीमबहादुर थापा, कुशल पाण्डे, रामबहादुर नेपाली, ब्रविमविक्रम थापा, कृष्णदेव उप्रेती र दावा सोनम विजयी भए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा भएको ६५ वर्षमाथि पुरुष सिंगल्समा वाल्टर स्मित, पवित्रजंग रायमाझी र ज्ञानेन्द्रमान ताम्राकार सफल पाए । ५५ वर्षमाथि पुरुष सिंगल्समा ताइ ह्वान हुर र उत्तम बोगटीले जित हात पारे ।

भेट्रान ५५ वर्षमाथि पुरुष डबल्समा शिव सेढाईं र राजु क्षेत्री, प्रेम थापा र रमेश रोक्का, उत्तम बोगटी र सञ्जय झा, राम राणा र सागर केसी तथा मनोजबहादुर शाह र सन्जिव श्रेष्ठको जोडीले आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराए । ६५ वर्षमाथि पुरुष डबल्समा ज्ञानेन्द्र ताम्राकार र सहदेव ढुंगाना तथा मनोज राणा र धीर गुरुङको जोडी अघिल्लो चरणमा प्रवेश गरे । विदुर विष्ट र भिक्टर राणा तथा फादर म्याथ्यु र प्रेम थापाको जोडीले वाकओभर पाए ।

भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा डेगेन्द्र श्रेष्ठ र महेश श्रेष्ठ, रोहित सुनुवार र इब्राहिम मुस्लिम, कमलबहादुर भण्डारी र सुमित मैनाली तथा मानबहादुर कटुवाल र हिमाल शाहको जोडी विजयी भए ।