नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

everest kitchen

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा यसअघि दुई अध्यक्षले पेश गरको राजनीतिक प्रस्तावमाथि छलफल हुने बताइएको छ।

यसअघि कात्तिक २८ गते नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १९ पेजको राजनीतिक प्रस्ताव पेश गरेका थिए। मंसिर १३ गते बसेको बैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले ३८ पेजको जवाफी प्रस्ताव पेश गरेका थिए।

प्रधानमन्त्री ओलीइतर पक्षले दुवै प्रतिवेदनलाई स्थायी कमिटीमा लैजानुपर्ने अडान लिएको छ। प्रधानमन्त्री ओली पक्षधरले भने दुवै प्रस्तावलाई थाती राखेर साझा प्रस्ताव बनाउनुपर्ने प्रयास गरेका छन्। स्रोतका अनुसार ओलीइतर पक्षले प्रधानमन्त्रीले पेश गरेको प्रस्तावको जवाफ समेत दिने तयारी गरेका छन्।