लघु-कथा : हर्षको आँसु / विष्मातको आँसु

everest kitchen

कात्यायन

ऊ पढ्नमा जेहेन्दार थियो। समयलाई आफ्नो पोल्टामा पार्यो। उच्चशिक्षा अध्ययनकोलागि अमेरिकाको कुनै प्रतिष्ठित विश्व-विध्यालयमा जान तारतम्य पनि मिलायो।

सपरिवारसहित आमा पनि विमानस्थलसम्म उसलाई पुराउन जानु भयो। विदाइको अन्तिमक्षणमा हर्षको आँसु झार्नु भयो।

त्यहाँ पनि पढ्नमा ऊ अब्बल नै रह्यो। केही खर्च पनि घरमा पठाउने गर्थ्यो। दीक्षान्त समारोहमा आमासहितलाई निमंत्रणा पठायो।

आमाले भनिन् – “देशको अवस्था ठीक छैन। ग्रीन-कार्ड भएपछि आउँछौँ।”

उसले सोच्यो – ‘देश अस्वस्थ रहेछ!’ अनेकन सुअवसरलाई तिलांजली दिँदै स्वदेश फर्कने निर्णय लियो।

फेरि पनि आमाले विमानस्थलमा आँसु झारिन् – तर विष्मातको!
*** *** ***
चाबहिल, काठमाडौँ – ७ |