काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बिहीवार आह्वान गरेको देशव्यापी आमहड्ताल सफल पार्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सडकमा निस्किएका छन् ।
राजधानी काठमाडौंमा रहेका मुख्यमन्त्री भट्ट ललितपुरको सातदोबाटो क्षेत्रमा बन्द गराउन निस्किएका हुन् । प्रमुख स्वकीय सचिव शिवसिंह वलीले मुख्यमन्त्री भट्ट सडक आन्दोलनमा सहभागी भएको उल्लेख गर्दै सामाजिकसञ्जालमा फोटो सेयर गरेका छन् । तस्वीरमा मुख्यमन्त्री भट्टसँगै नेता देव गुरुङ समेत देखिएका छन् ।