काठमाडौं । नेकपा ओली समूहकी नेतृ तथा राष्ट्रियसभा सदस्य कोमल वलीले प्रचण्ड–नेपाल समूहका नेता रघुजी पन्त विरुद्ध उजुरी दिने भएकी छिन ।
वलीले पन्तविरुद्ध गाली बेइज्जती मुद्दामा उजुरी दिन लागेकी हुन् । नेता पन्त आफूविरुद्ध सार्वजनिक मञ्चबाटै गाली बेइज्जतमा उत्रिएकामा वलीले उजुरी दिन लागेकी हुन् । यसअघि फागुन १५ गते एउटा कार्यक्रममा सम्बोधन गर्दै नेता पन्तले वलीमाथि प्रश्न उठाएका थिए ।