बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल विरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
मुख्यमन्त्री पोखरेलकै सरकारमा रहेको नेकपा (माओवादी केन्द्र), प्रमुख विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसहित दलका ४१ प्रदेशसभा सदस्यले मुख्यमन्त्रीविरुद्ध आज संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गर्नुभएको हो ।
प्रदेशसभामा सत्तारुढ दल नेकपा (एमाले)का ४१, कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका छ र राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य छन् ।
एमालेमा प्रवेश गरेको जनाउँदै आफ्ना दुई सदस्यलाई कारवाही गरेपछि माओवादी केन्द्रमा १७ जना सदस्य कायम छन् । लुम्बिनी प्रदेशमा सरकार बनाउन ४३ प्रदेशसभा सदस्य आवश्यक हुन्छ ।