बि.बि.याक्खा।
सरकारलाई भनौं भने निरीह छ!
अरुकै बैसाखी टेकेर उ उभिएको छ।
सिंह दरबार अघि धेरै नारा जूलूस भो!
संबिधान भबन अघितिर अधिकारको कुरा,
त्यो बुलन्द आवजहरु कतै सुनिएन भित्र !
यसैले सरकार न देख्न सक्छ न सुन्न नै!
सत्ता र भत्ताको मदहोसमा रमाए पछि
हुक्के, चम्चेहरुको कोलाहलमा हराए पछि
अन्धा ,बहिरा र बिकालङ्ग बनेका छन!
“कसलाई बिन्ती चढाउ”
अक्सिजनको अभावमा कयौं मरिरहेछन!
अस्पतालको शैया नपाई भुइँमा लडिरहेछन,
दिनानु दिन डंडेलो झै चारैतिर फैलिएर कठै!
गाउँ बस्ती र शहर रित्याई खण्डहरु पार्दैछ।
सिंगो मानव समुदाय हार गुहारगर्दैछ सुन्ने को?
यो बिषम परिस्थितिमा समालिनै गार्हो भा बेला!
” बिन्ती कसलाई चढाउ”
चोक, चोक र गल्लीहरुमा मृत्युुले पछियाई रहेछ
कतै रोगले,कतै सडकमा मान्छे भोकले मरिरहेछ।
हेर्छु भित्ताको क्यालेन्डर यिनै बार र गतेहरु क्रमश
शुभकामना भन्दा धेरै श्रद्धाञ्जली लेख्नु पर्याछ!
कतै परिएला भनि माहामारीमा चिन्ता बढयाछ।
आज मान्छे देखि मान्छे नै डराई भाग्नु पर्याछ!
यो डर, त्रास अनि छटपटी दुर गर्नैको लागि !
यहाँ ” बिन्ती कसलाई चढाउ”
मन एक तमासाको बोजिलो बनेको छ
सुस्ताई तोक्चे लगाउने सियलसम्म छैन!
पाती चढाई अन्साई, पन्साई गरौ भन्दा!
देबी देउराली र थान थपना कतै पनि छैन
पू्र्खालाई सम्झेर बिन्ती भाउ गरौ भन्दा नि!
आधुनिकताको नाममा मान मनितो नै छैन !
यसैले प्रकृती रिसाईन बदलाको भाब जगाईन
उसलाई रोक्न सिंगो मानव समुदायको रक्षार्थ।
साच्चै “बिन्ती कसलाई चढाउ”//३