लघुकथा: साटिएकी छोरी
रूपा अधिकारी
नेपाली समाजले अन्धभक्त भइ छोरा कै चाहाना गर्थ्यो। छोरा बिना उत्तराधिकारी हुन्न,आफ्नो खानदानको वंश पनी चल्दैन, पिण्ड दिने मानिस नभए मरेपछिको जीवन पनि सार्थक हुँदैन जस्ता यावत कुराहरूले छोरी जन्मेपछि अर्कों सन्तान छोरा नै चाहिन्छ भनिने गरिन्थ्यो तर मेरो भने लगातार चार सन्तान छोरा भए। श्रीमानले एउटी छोरी त चाहिन्छ।अब अन्तिम चाहना र भगवान संग छोरीको प्राथना गर्दै थियौँ हामी।
प्रविधिको विकासले गर्भमा भएको बच्चा के छ थाहा दिने भएकोले नै मानिसमा असिमित चाहाना बढ्ने रहेछ। डाक्टरले राम्रो संग नहेरी लगातार चार सन्तान छोरा भएको आधारमा यस पाली अनुमान पो लगाएको हो कि ! , हामीले पनी यसपालीको बच्चा एउटा लेडीज़ क्लीनिकमा गई पुन: हेर्ने निधो गर्यौँ ।
गर्भको सन्तान छोरा नै रहेछ।पुन हेरेपछि उहाँले भन्नु भयो-“अब पाँच सन्तान छोरा पाएर के गर्नु दाज़ु-भाईमा भोली अंशको लागी लडाईँ हुनेछ ।हाम्रो भाग्यमा छोरी रहेनछ । यसपालाको गर्भ फालीदिउँ है निता?”
म निराश हुँदै निशब्द भएँ । तब डाक्टर रोधकले भन्नुभयो “तपाईहरु साँच्चै आयामको हुनुहुँदो रहेछ,मानीसहरु छोरी भए गर्भ फाल्ने कुरा गर्छन् तर तपाईहरु ….छोरा..”।बरु मान्नु हुन्छ भने हामीसंग एक जोडी दम्पती हुनुहुन्छ। उहाँहरुले चार छोरी जन्माई सक्नुभयो ।यो पटक पनि छोराको चाहाना पुरा भएन तरपनि आफ्नो सन्तान मार्न त गाह्रो पर्यो। चिन्ता गर्नु भएको छ ।उहाँहरुको सल्लाह वमोजिम सहमति गरी हामीले यस पटक बच्चा साट्ने निर्णय गर्यौँ ।
पच्चीस वर्ष अगाडि को यो कुरा सम्झेर झल्यास्स भएँ ।
छोराहरू कमाउन विदेश भासिए र उतै पलायन भए ।सम्झेर एक कल फोन पनि गर्दैनन् । फोन उठाए त छोराहरूलाई भन्ने थिएँ । बुढेसकालमा सहारा छोरी भएकी छ।मरेपछि पिण्ड चाहिँ दिन नभुल्नु है।