लघुकथा :- पछुतो
गोमा गौतम गुल्मी
सधै जस्तै यसपटक पनि बसन्तले दशैमा घर नजाने बिचार गर्यो, खोइ कुन्नि किन हो, बसन्तलाई चाडपर्ब मनाउन त्यति रुचि लाग्दैन, यो बेकारको कुरा हो भन्छ। उसकि बुढी सपनाको सधै यहि कुरामा वादविवाद भैरहन्छ ।
दशै आयो राम्रो लाउन पाइन, मिठो खान पाइन भन्ने चाहना हुँदै होइन । उ त खाली परम्परादेखि चलीआएको चाडपर्ब मनाउनु पर्छ, आफ्ना सन्ततिलाई सस्कृतीको पालना गराउँदै लानु पर्छ भन्ने हो। आफ्नो श्रीमान लाई जन्म दिएर यहाँ सम्म र यो अबस्थामा पुराउने बुवा आमाको हातबाट टीका ग्रहण गर्ने आशिर्वाद लिने चाहना मात्र हो।
बसन्त नरम भएर बोल्दा मान्छे न त झर्केर बोल्दा नै।उ त खाली भौतिक रूपमा उपस्थिति हुँदैमा, पैतलाले जमीन नाप्दैमा आशिर्वाद पाइने होइन, जमाना कहाँबाट कहाँ पुगिसक्यो फोन, म्यासेन्जर, भाइबरबाट आशिर्वाद लिए भैहाल्छ नि घरमा जाने कुरा नगर सपना भनी सम्झाउँछ। भित्री मन त मान्दैन तर पनि खिन्न हुँदै सपना बसन्त कै साथ दिन्छे । आफ्नो कार्य स्थल मै बसेर दशैं मनाउने बिचार गर्छे।
समय सधै एकनासको कहाँ हुदो रहेछ र खाउँ खाउँ र लाउँ लाउको जुझारु युवा बसन्त यसपटक बिरामी पार्यो, सानोतिनो घरेलु उपचारले निको भएन ।
अस्पताल मै भर्ना हुनुपर्ने अबस्था भो र भर्ना नि भो, तब बसन्तको साथमा उस्कै श्रीमति सपना मात्र भई आफन्तलाई फोन गर्दा खाली सान्त्वनाका शब्द मात्र प्रकट भए, उस्ले के पनि सुन्नु पर्यो भनी जमाना कहाँ पुग्यो सामाजिक संजालबाट सान्त्वना दिए भैहाल्यो नि किन भौतिक रुपमा भेट्नु पर्यो र तब पो बसन्त छाँगाबाट खसेजस्तै भयो । पछुतो मान्यो तर के गर्नु, तवसम्म ढिलो भैसकेको थियो।