“सपना “

everest kitchen

कविता – “सपना “

संगीता ढुङ्गाना दाहाल

जीवन चाहे जस्तो सुन्दर,
मात्र सपनामा हुँदोरहेछ!
भूगोलको एउटा कुनामा तिमी,
अनि,
अर्को कुनामा म!
भेट मात्र केवल सपनामा।
खै एक अर्कालाई माया त गर्छौ!
तर, कस्तो माया?
तिमी आफ्नै सपनाको पछि दगुरेऊ!
अनि, मैले तिम्रो सपनालाई आफ्नो बनाए!
तिनै सपनाको फेरो समाएर!
तिमी मबाट टाढा भयौ।

मात्र मायाले पुग्दो रहेन छ,
एक अर्काको साथ हुन!
खै किन तिमीले छुट्टै सपना देखेउ?
जसमा म अटाउन सके वा सकिन?
म बिनाको सपना!
कसरी मेरो मायालुले देख्न सक्छ?
माया गर्छु भन्नु र माया गर्नुमा !
हुने भिन्नता,
सायद तिमीले बुझेनौ?

हर रात नयाँ सपनाको,
ताना बुनेर, कुर्दै छू तिमीलाई!
तिब्र इच्छा,तिम्रै सामीप्यताको!
कुण्ठित हुँदा हुँदै !
सपना मै तिम्रो साथ पाउँछू!
मेरा हरेक सपना तिम्रो आगमनले,
इन्द्रेणी झै रङ्गीन हुन्छन् ।
तिनै रङ्गमा रङ्गिएर !
फूल झैं मुस्कुराएको,
सपना मै देख्छु!
अनि,तिमी भमरा बनी,
मेरा योवनको रस पान गरेको!
पनि त, सपनामै देख्छु।

मैले देख्ने सपनामा,
न त तिमी बन्देज लगाउन सक्छौं?
न त म नै, तिम्रो सपनामा!
जसरी म,
मेरा सपनामा तिमीलाई सजाउँछु!
आशा छ,
तिमी पनि मलाई आफ्नो सपनामा सजाउँछौ।
चाँडै हाम्रो सपना पूरा हुने कुरामा!
आशावादी हुँदै,
सपनामै रमाउँदै छू म!
मेरो प्यारो मायाको आलिङ्गनमा!!