एजेन्सी। ओमिक्रोन भेरियन्टको संक्रमणका बीच अमेरिकामा मानिसहरु अस्पताल भर्ना हुने संख्यामा रेकर्ड स्तरको वृद्धि भएको छ ।
समाचार एजेन्सीको रोयटर्सका अनुसार कोरोनाभाइरस संक्रमणका कारण यतिबेला अमेरिकामा १,३२,६४६ संक्रमित अस्पताल भर्ना छन् जबकी अघिल्लो वर्ष जनवरी महिनामा यो आँकडा १,३२,०५१ मात्रै थिए ।
अघिल्लो डिसेम्बरदेखि मानिसहरु अस्पताल भर्ना हुन जारी छ । डेल्टा भेरियन्टपछि ओमिक्रोन भेरियन्ट आएपछि पछिल्लो तीन हप्तामा अस्पताल भर्ना हुनेको संख्या दोब्बर भएको छ ।
रोयटर्सको विश्लेषण अनुसार डेलावेयर, इलिनोयस, मेन, मेरील्याण्ड, मञ्जुरी, ओहायो, पेन्सिल्वेनिया, प्युर्टो रिको, भर्जिनिया, वासिङ्टन डिसी र विस्कन्सिनमा रेकर्ड रुपमा कोभिड–१९ बिरामी अस्पताल भर्ना भएका छन् ।