काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले अर्थतन्त्र समस्यामा नरहेको भन्दै सरकारले जनतालाई गुमराहमा राखेको बताएका छन् । उनले आज प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थतन्त्रबारे सरकारले जनतालाई गलत सन्देश प्रवाह गरेको बताएका हुन् ।
‘अर्थतन्त्र बिग्रेको छैन । केही समस्या छैन । त्यसैले हामीले केही गर्नुपर्दैन भनेर सरकारले जनतालाई गुमराहमा राखेको छ,’ उनले भने । यस्तै, युक्रेन संकटका कारण उकालो लागिरहेको इन्धनको मूल्यले देशको अर्थतन्त्रलाई झनै समस्यामा पार्ने उनको भनाइ छ । र,यसको प्रभाव सबैतिर परेकाले यसलाई सम्बोधन गर्न समेत ज्ञवालीले आग्रह गरे ।
यसैगरी,सरकारले एक सातामा दुई पटक गरेर २० रुपैयाँले इन्धनको मूल्य बढाएर सर्वसाधारणमाथि अत्याचार गरेको ज्ञवालीको आरोप छ । यसका साथै भारतले गहुँ र चिनी निर्यात लगाउँदा नेपालमा पर्ने प्रभावका बारेमा सरकारले बेखबर रहेको समेत बताए ।