विपेन उलङगे
रुकुम पश्चिम । रुकुम (पश्चिम)को त्रिवेणी गाउँपालिका आर्थिक वर्ष २०७९/८० को लागि निति तथा कार्यक्रम र बजेट ल्याएको छ । शुक्रबार गाउँपालिका अध्यक्ष गणेश कुमार केसीले सातौ गाउँसभामा निति तथा कार्यक्रम प्रस्तुत गरेका हुन ।
अध्यक्ष केसीद्धारा प्रस्तुत निति तथा कार्यक्रममा सामाजिक विकास क्षेत्र अन्तर्गत शिक्षा, स्वास्थ्य, रोजगार, बहुक्षेत्रीय पोषण, खानेपानी तथा सरसफाइ, सामाजिक तथा साँस्कृतिक प्रबर्द्धन, खेलकुद मनोरञ्जन लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण लगायतका शिर्षकमा आधार मानेर कार्यक्रम तय गरिएको छ ।
त्यस्तै उक्त निति तथा कार्यक्रममा आर्थिक विकास क्षेत्रमा कृषि तथा पशुपालन आधुनिकरण, उद्योग तथा वाणिज्य, पर्यटन विकास, सहकारी, वित्तीय क्षेत्र लगायतका शिर्षकहरुका आधारमा निति तथा कार्यक्रम निर्माण गरिएको छ ।
पूर्वाधार विकास क्षेत्रमा स्थानीय सडक, सडकपुल तथा झोलुङ्गे पुल, सिचाइ, भवन तथा शहरी विकास, उर्जा, लघु तथा साना जलविद्युत , संचार क्षेत्र लगायतका शिर्षकलाई समेटेर निति तथा कार्यक्रम निर्माण गरिएको छ ।
वन तथा वातावरण, फोहोरमैला तथा विपद व्यवस्थापन, भअंमी व्यवस्थापन, अनुगमन, मुल्यांकन र निरिक्षण लगायतका शिर्षकमा विभिन्न निति तथा कार्यक्रम तया गरिएको उल्लेख छ ।
यस्तै न्याय कानुन तर्फ सार्वजनिक सेवा प्रवाह तथा सुशासन सार्वजनिक सेवा र कार्यलाई नागरिकमैत्री बनाउने, भ्रष्टाचारजन्य क्रियाकलापको नियन्त्रण गर्ने, नि:शुल्क जग्गा उपलब्ध वडाहरुलाई भवन निर्माणको पहिलो प्रथामिकतामा राखिने लगायत रअेका छन् ।
त्यस्तै, श्रम रोजगार, महिला, बालबालिका र जेष्ठनागरिक, दलित, यसवा, बुहुक्षेत्रीय पोषण, शहिद तथा वेपत्ता परिवार र घाइते लगायत श्रीषक निर्धारण गरी गाँउपालिकाले निति तथा कार्यक्रम निर्माण गरेको छ ।
साथै, जनप्रतिनिधि तथा कर्मचारी आचार संहिता, योजना तर्जुमा, कार्यान्वयन तथा लेखाप्राणी, संघ संस्था समन्वय र परिचालन, बजेट कार्यनयन, राजश्व प्रशासन तथा परिचालन र सामाजिक सांस्कृतिक रुपातथा सभ्यताको विकास लगायतका विषयमा चुस्त दुरुस्त रुपमा प्रभावकारी कार्यनयनको लक्ष्य राखिएको निति तथा कार्यक्रममा उल्लेख छ । पूर्णपाठको लागि यहाँ क्लिक