मलेसिया । वेदेशिक रोजगारीको शिलशिलामा मलेसियामा रहेका मतेला -६ सुर्खेतका कमल नेपालीको मलेसियामा निधन भएको छ ।नेपालीको उपचारको क्रममा अगस्ट ८ तारिख राति मृत्यु भएको हो ।
नेपालीको दुबै मृगौला फेल भएको थियो । नेपाली बिगत ५ बर्ष देखि मलेसियामा अवैधानिक रुपमा ग्यालेक्सी फोर्स सेक्युरिटी कम्पनीमा काम गर्दै आएका थिए । कम्पनीले प्रारम्भिक उपचार गराई जुलाई २९ तारीख नेपाल पठाउने प्रक्रियाको लागि नेपाली दुतावास मलेसियामा ल्याएको र अगष्ट २ तारिख अध्यागमन विभाग पुत्राजायामा स्पेसल पासको प्रक्रिया अघि बढेको थियो । यद्यपि अध्यागमनबाट पास आउन ढिलो भएसंगै उनलाई ९ अगष्टको हवाई टिकेट लिएर नेपाल फर्काउने तयारी रहेको बेला उनको अगावै निधन भएको नेपाली राजदुतावास मलेसियाका जनसम्पर्क सहायक अधिकृत जयप्रकाश गिरीले जानकारी दिए ।
नेपालीको उडान ढिला हुने भएपछि खान र बस्नको लागि पीएनसीसी तथा एनआरएनए मलेसियाले सहयोग गरेको थियो । नेपालीको स्वास्थमा पुर्ण समस्या देखिएपछि मृगौला डाइलोसिस गर्नु पर्ने भएकोले आवर जर्नी मलेसियाको आर्थिक सहयोगमा सिंघदावी सुवाङजया हस्पिटलमा अगष्ट ८ तारीख बिहान भर्ना गराएको थियो ।अस्पतालमा उनको डाइलोसिस सम्पन्न भएपनि उनको उपचारको क्रममा मृत्यु भएको हस्पिटलको श्रोतले जानकारी दिइएको पिएनसीसी मलेसियाका संयोजक मछिन्द्रनाथ चापागाईले बताए ।
नेपालीको जरिवाना ३ हजार रींगेट साथै अध्यागम शुल्क १ सय रींगेट घरपरिवारले नेपालबाट नेै पठाएको थियो । टिकेट पिएनसीसीबाट सहयोग भएको थियो । सबै प्रक्रिया पूरा गरेर पनि उनलाई नेपाल सकुसल फर्काउन नसक्दा दुख लागेको संयोजक चापागाईंले बताए ।
नाता प्रमाणीकरणको कागजात नेपालबाट प्राप्त भएपछि उनको शब नेपाल पठाउने दुतावासका सहायक जनसम्पर्क अधिकृत गिरीले जानकारी दिए ।