विपेन उलङगे
काठमाडौं । नेपालकी शान्ती लामाले बेलायतमा उमा कराते युरोपियन च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन् । शान्तीले कातातर्फ स्वर्ण पदक जितेकी हुन् । उनले कुमुतेतर्फ पनि कांस्य पदक जितेकी छन् ।
५५ केजीमूनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी उनी सेमिफाइनलमा पराजित रहिन् । प्रतियोगितामा सहभागी हुन गोजुकाई कराते डो संघका चार खेलाडी र तीन अफिसियल बेलायत पुगेका थिए ।
कुमुतेतर्फ नेपालबाट सहभागी विमलप्रसाद थपलियाले ६० केजी तौलसमूहमा कांस्य जिते । त्यस्तै ८५ केजी तौलसमूहमा कुसुम ढकालले कांस्य जितेको संघका उपाध्यक्ष अच्युतराज उप्रेतीले जानकारी दिए ।
प्रतियोगितामा उमा नेपालका संस्थापक अध्यक्ष सुरेश बैद्य र अशुराज श्रेष्ठले रेफ्री जजको भूमिका निर्वाह गरेका थिए । नेपाल टिमको म्यानेजरमा आलोक बडाल र असिफसियलका रुपमा श्रीकृण श्रेष्ठ पनि बेलायत गएका छन् ।