काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारमा खटिने निजी अस्पतालमा कार्यरत चिकित्सकलाई पनि सरकारि सरह भत्ता उपलब्ध गराउने भएकाे छ ।
निजि अस्पतालमा कार्यरत चिकित्सक सरकारीमा आएर काम गरे सरकारी चिकित्सकसरह सेवा, सुविधा उपलब्ध गराउने निर्णय गरेकाे सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा: युवराज खतिवडाले जानकारी दिएका हुन ।
उनका अनुसार सरकारि अस्पतालमा आएर काेराेना सम्बन्धि काम गरे सरकारि सेवा सरह सम्पुर्ण सुबिधा दिने र निजी अस्पतालमै रहेर कोरोनाको उपचारमा संलग्न चिकित्सकहरुको भत्ता पनि सरकारले ब्यहोर्ने भएको हाे ।
त्यस्तै कोरोनाको महामारीको लागि खटिने स्वास्थ्य स्वयंसेविकाहरुलाई सरकारले १५०० भत्ता उपलब्ध गराउने निर्णय पनि गरेको छ।