नेकपा एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित

everest kitchen

मकवानपुर । नेकपा एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित भएका छन् । एमाले मकवानपुरको १२ औँ अधिवेशनबाट पोखरेल फराकिलो मतान्तर सहित अध्यक्ष पदमा निर्वाचित भएका हुन् । हालै सम्पन्न मतगणनाको परिणाम अनुसार पोखरेलले ३ सय १३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

निकटतम् प्रतिद्वन्दी ईन्द्रमान स्याङतानलाई ५१  मतले पछि पार्दै उनले जीत हासिल गरेका हुन् । स्याङतानले २ सय ६२ मत प्राप्त गरे । त्यस्तै अध्यक्ष पदका उम्मेदवारहरु लाल बहादुर थापा र देवराज रिमालले क्रमशः १ सय ६६ र ११ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा पदमा ४ सय ७६ मत सहित हिदम लामा निर्वाचित भएका छन् । उपाध्यक्षका उम्मेदवारहरु भरत दुलालले ३८ सुनील मुक्तानले १ सय ९७ र ध्रुव प्रसाद चौलागाईँले २६ मत प्राप्त गरेका हुन् ।

सचिवमा २ सय ९७ मतसहित सीता विष्ट निर्वाचित भएका छन् । सचिवका उम्मेदवारहरु मदन कुमार दाहालले २ सय ५५ र राजन थापाले १ सय ७१ मत प्राप्त गरे ।

उपसचिवमा २ सय ४१ मतसहित फूर्वा दोर्जे लामा र उपसचिव (महिला)मा २ सय ४१ मतसहित आरती पाठक निर्वाचित भएका छन् ।