काठमाडौं । कीर्तिपुर नगरपालिकाले डेरा गरि बसिरहेका विद्यार्थीहरुलाई पनि राहत दिने भएको छ ।
डेरामा बस्ने बिध्यार्थीहरु जाे खाध्यान्न अभाव भएका छन , उनीहरू राहतको लागि नगरले फारम भर्न आग्रह गरेकाे छ । कीर्तिपुर नगरपालिका क्षेत्रमा कोठा भाडामा लिई बसोबास गर्ने र खाद्यान्नको अभाव भएका सम्पूर्ण विद्यार्थी वर्गको लागत राख्नु पर्ने भएकोले वडा कर्यालयमा सम्पर्क गर्न एक सुचना जारि गरि जानकारी दिएकाे छ ।
बिध्यार्थीहरुले नगरपालिका वेभसाईट मा राखिएको फारम भरी वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेकाे छ । राहत माग गर्ने बिध्यार्थीले भने अनिवार्य परिचयपत्र र नागरिकताको फोटोकपी बुझाउनुपर्ने छ।