बंगलादेशका जनतालाई संयमताको आह्वान गर्दै नेपालले लोकतान्त्रिक प्रक्रियामा फर्किनुपर्नेमा दियो जोड

everest kitchen

काठमाडौँ । नेपाल सरकारले बंगलादेशका जनतालाई शान्त र संयम रहन अपिल गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै बंगलादेशका जनतालाई शान्त र संयम रहन अपिल गर्दै व्यवस्थित रुपमा लोकतान्त्रिक प्रक्रियामा फर्किनुपर्नेमा जोड दिएको छ ।

परराष्ट्रले बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको जनाउदै बंगलादेशमा विगत केही सातादेखि भएको विरोध प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो रुपमा चिन्तित भएको उल्लेख गरेको छ ।

विज्ञप्तिमा परराष्ट्रले भनेको छ- ‘बंगलादेशमा विगत केही सातादेखि भएको विरोध प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति हामी गहिरो चिन्तित छौं । ज्यान गुमाउनेहरुका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । हामी सबैलाई शान्त र संयमताका लागि आह्वान गर्दछौं र लोकतान्त्रिक प्रक्रियामा व्यवस्थित फिर्ताको महत्त्वलाई जोड दिन्छौं । हामी विश्वस्त छौं कि, बंगलादेशका उदार जनताले संक्रमणलाई शान्ति र स्थिरतातर्फ सहज लैजान सक्षम हुनेछन् ।’