रौतहटमा चोरीको मोटरसाईकल सहित २ जना युवक पक्राउ

everest kitchen

सञ्जय मिश्रा

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेस र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू र मधेस प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

रौतहट २५ साउन। रौतहट स्थित चोरीको मोटरसाईकल सहीत २ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।

 

पक्राउ पर्नेमा स्थानिय बौद्धीमाई नगरपालिका ५ का वर्ष २० को भगत भन्ने अभिषेक यादव र वर्ष २१ को मुकेश कुमार राम रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छिन्। चोरीको मोटरसाईकल सहित पक्राउ परेका दुवैजना जिल्ला प्रहरी कार्यालय रौतहटको नियन्त्रणमा रहेको तथा थप अनुसन्धान  भईरहेको प्रवक्ता गिरीले जानकारी दिएकि छिन्।

 

बिहीवार बिहान २:३० बजे  परोहा नगरपालिका ६ बस्ने मोतीलाल प्रसाद कुर्मीको नाममा दर्ता रहेको ना २० प ५८३२ नम्बर को १२५ सि.सी. को सुपर स्पलेण्डर मोटरसाईकल घरको बरण्डामा पार्किङ्ग गरी राखेको स्थानबाट चोरी भएको थियो।

 

मोटरसाईकल चोरीको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कोपवा पिपरियाबाट खटिएको प्रहरीको टोलीले खोजतलासको क्रममा बौद्धीमाई नगरपालिका ५ स्थित उक्त मोटरसाईकल सहीत दुवैजना लाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ। जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा प्रहरीहरु बिशेष सक्रियता देखाउँदै चोरी तस्करी तथा आपराधिक क्रियाकलाप नियन्त्रणमा तदारुकता देखाएको स्थानीयले बताएका छन्।